दफा ४३
मान्यता प्रदान गरेको धितोपत्रको कारोबार गराउनु पर्ने
(१) संगठित संस्थाले निष्काशन गरेका धितोपत्रहरु धितोपत्र बजारले आफ्नो विनियमावलीमा तोकिए बमोजिम सूचीकरण गरी वा त्यस्तै अन्य व्यवस्था गरी कारोबार गर्न मान्यता प्रदान गरेको धितोपत्रको लागि मात्र बजार व्यवस्थापन गर्नु पर्नेछ । (२) धितोपत्र बजारमा सूचीकरण नभएका धितोपत्र खरिद, बिक्री वा विनिमय सम्बन्धी काम कारबाही तोकिए बमोजिम हुनेछ ।